चितवनमा रास्वपा महाधिवेशनका लागि सुरक्षा कडा, सवारी आवागमनमा रोक


काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नारायणगढ बजार क्षेत्रबाट महाधिवेशन स्थलतर्फ जाने सडकहरूमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

प्रहरीले भीड व्यवस्थापन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा आवागमन नियन्त्रण गरेको जनाएको छ। महाधिवेशन स्थलतर्फ सवारी प्रवेश पूर्ण रूपमा बन्द गरिएको छ।

आज दिउँसो १ बजे महाधिवेशनको उद्घाटन कार्यक्रम हुने बताइएको छ, जसमा पार्टी सभापति रवि लामिछाने लगायत नेताहरू सहभागी हुने कार्यक्रम छ।

२०८३ असार ७, आईतवार १०:४६ प्रकाशित
ट्रेन्डिङ समाचार