सामान्य कारबाहीमै बैंकका सञ्चालक र सीईओ पदमुक्त हुने सर्वोच्चको व्याख्या


काठमाडौँ ।  सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट ‘सचेत’, ‘नसिहत’ वा अन्य कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वतः पदका लागि अयोग्य हुने व्याख्या गरेको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलाशले बाफिया–२०७३ को दफा १८ र २९ अनुसार नियामक निकायबाट कारबाहीमा परेका व्यक्ति ५ वर्षसम्म सञ्चालक वा सीईओ बन्न अयोग्य हुने आदेश दिएको हो।

अदालतले राष्ट्र बैंकलाई उक्त प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशनात्मक आदेशसमेत जारी गरेको छ। यस निर्णयपछि २०८१ मंसिर १९ यता राष्ट्र बैंकको कारबाहीमा परेका सञ्चालक तथा सीईओहरूको पद जोखिममा परेको छ।

राष्ट्र बैंकले आदेशबारे विभागीय छलफल भइरहेको र छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।

२०८३ जेष्ठ १४, बिहीबार २०:११ प्रकाशित
ट्रेन्डिङ समाचार