काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न आर्थिक दायित्व पूरा नगरेका १७ वटा इन्टरनेट तथा इमेल सेवा प्रदायक कम्पनीहरूको अनुमति पत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। ती कम्पनीहरूले लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता लामो समयदेखि नबुझाएको पाइएको छ।
प्राधिकरणका अनुसार पटक–पटक पत्राचार, इमेल तथा सार्वजनिक सूचना जारी गर्दा पनि अटेरी गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। अब सम्बन्धित कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ अनुसार १५ दिनभित्र स्पष्टिकरण दिने मौका दिइएको छ। चित्तबुझ्दो जवाफ नआएमा लाइसेन्स खारेज गरिने प्राधिकरणले जनाएको छ।
यस कारबाही सूचीमा बेनी कम्युनिकेशन, ब्रोडब्याण्ड सोलुसन्स, बिग मस्र्याङ्गदी नेट, डिभाइन स्ट्रिम नेटवर्क लगायतका १७ कम्पनी रहेका छन्।
२०८३ जेष्ठ ५, मंगलवार २१:०७ प्रकाशित




