जेलरको सरुवाको माग गर्दै राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन


काठमाडौं ।   सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलमाथि चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दीहरूले आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा प्रहरीसँग तनाव बढेपछि केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

घटनापछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाका अनुसार अहिले अवस्था नियन्त्रणमा रहेको छ भने विवादबारे छानबिन र आवश्यक प्रक्रिया अघि बढाइएको छ।

२०८३ श्रावण २, शनिबार १२:०४ प्रकाशित
ट्रेन्डिङ समाचार