–१३ स्थानीय तहमध्ये ११ को बेरुजु एक प्रतिशतभन्दा कम
काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि ‘शून्य बेरुजु’ कायम गर्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि गाउँपालिकामा एक रुपैयाँसमेत बेरुजु नदेखिएको हो ।
यसअघि लगातार दुई आर्थिक वर्ष पनि महाभारत गाउँपालिकाले शून्य बेरुजु कायम गरेको थियो । यसपटक गाउँपालिकाको १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा कुनै आर्थिक अनियमितता नदेखिनु स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।
प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहमध्ये ११ वटाको बेरुजु एक प्रतिशतभन्दा कम देखिएको छ । धेरै स्थानीय तहले न्यून बेरुजु कायम गरे पनि केही पालिकामा भने अपेक्षाभन्दा बढी बेरुजु देखिएको छ ।
मण्डनदेउपुर नगरपालिका मा १ अर्ब ९७ करोड २० लाख ३७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शून्य दशमलव ०५ प्रतिशत अर्थात् १० लाख ४९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।
त्यस्तै पाँचखाल नगरपालिका मा १ अर्ब ८६ करोड ७६ लाख २३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शून्य दशमलव १ प्रतिशत अर्थात् १८ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
बनेपा नगरपालिका मा १ अर्ब ५९ करोड ८५ लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १ करोड १२ लाख ७७ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ७१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै धुलिखेल नगरपालिका मा २ अर्ब १ करोड ७५ लाख ८६ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १ करोड ३७ लाख ३८ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ ।
भुम्लु गाउँपालिका मा १ अर्ब ४१ करोड ९३ लाख १९ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ९४ लाख १४ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ ।
त्यस्तै रोशी गाउँपालिका मा १ अर्ब ७६ करोड ५७ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १ करोड १० लाख १२ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ६२ प्रतिशत बेरुजु देखिएको छ ।
खानीखोला गाउँपालिका मा ८६ करोड ९५ लाख ५१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ५० लाख ४१ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ५८ प्रतिशत बेरुजु देखिएको छ ।
बेथानचोक गाउँपालिका मा १ अर्ब ४७ करोड ८८ लाख ४८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ८१ लाख ३९ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ५५ प्रतिशत बेरुजु देखिएको छ ।
यस्तै तेमाल गाउँपालिका मा १ अर्ब ३२ करोड ४३ लाख २८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ६५ लाख ९३ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ५ प्रतिशत बेरुजु देखिएको छ ।
चौरीदेउराली गाउँपालिका मा १ अर्ब ४३ करोड ७५ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा २५ लाख ५८ हजार रुपैयाँ अर्थात् शून्य दशमलव १८ प्रतिशत बेरुजु देखिएको छ ।
जिल्लामा सबैभन्दा बढी बेरुजु भने पनौती नगरपालिका मा देखिएको छ । नगरपालिकाको २ अर्ब ५३ करोड ७९ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७ करोड ७० लाख २९ हजार रुपैयाँ अर्थात् ३ दशमलव ०४ प्रतिशत बेरुजु कायम भएको छ ।
पनौतीपछि बढी बेरुजु नमोबुद्ध नगरपालिका मा देखिएको छ । यहाँ १ अर्ब ८४ करोड ३६ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा २ करोड ५४ लाख ९० हजार रुपैयाँ अर्थात् १ दशमलव ३८ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदनले काभ्रेका अधिकांश स्थानीय तहमा वित्तीय अनुशासन सुधार हुँदै गएको संकेत गरे पनि उच्च बेरुजु भएका पालिकामा खर्च प्रणाली, आन्तरिक नियन्त्रण र पारदर्शितामा अझ सुधार आवश्यक रहेको देखिएको छ।


