कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना


काठमाडौं । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णालीको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

 

महाशाखाले आगामी समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

२०८३ जेष्ठ ४, सोमबार ०८:१५ प्रकाशित
ट्रेन्डिङ समाचार