ADVERTISEMENT

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा भिड्नेछन्।

 

त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

 

हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

 

प्रतियोगिताका खेल हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन् भने अनलाइनखबर डटकमले बल-बाई-बल अपडेटसहित विशेष कभरेज गर्नेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार