काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बुधबार देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेश र कोशीको तराई क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ।
त्यस्तै, बिहीबार देशका अधिकांश भूभागमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ।
लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया