काठमाडौं । पछिल्लो २४ घण्टामा कास्कीसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको घलेखर्कमा सबैभन्दा बढी ७३.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, दार्चुला, संखुवासभा, सर्लाही, काठमाडौं, सिन्धुपाल्चोक र काभ्रेका विभिन्न स्थानमा पनि भारी वर्षा भएको छ। अन्य धेरै जिल्लामा मध्यम वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज पनि देशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
सम्बन्धित खबर




प्रतिक्रिया