ADVERTISEMENT

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन्।

निर्वाचन समितिका अनुसार मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मतदानका लागि विभिन्न प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै केन्द्र तोकिएका छन्।

खराब मौसम, प्राविधिक समस्या र रातिको समयमा मतदान गर्दा प्रतिनिधिहरूलाई असहज हुने भएकाले हिजोका लागि तय गरिएको मतदान आज बिहान सारिएको हो।

महाधिवेशन एक दिन लम्बिएपछि शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिले जनाएको छ।

मतदान सम्पन्न भएपछि मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ। यस महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार