काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा पनि चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराईमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया