ADVERTISEMENT

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

मेष : दिन शुभ रहेको छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुन सक्छ । वृष : तपाईंका लागि समय शुभ नहुँदा कार्य नाश, सन्तान–कष्ट, वायु विकार हुने सम्भावना छ । मिथुन : समय अनुकूल देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, दौडधूप, परिवारमा विवाद हुन सक्छ । कर्कट : तपाईंका लागि समय शुभ छ । पैसा प्राप्ति, सम्मान, उन्नति–प्रगति हुने सम्भावना देखिन्छ । सिंह : समय शुभकारक देखिँदैन । धन नाश, मानसिक अस्थिरता, आँखामा समस्या आउन सक्छ । कन्या : दिन शुभकारक छ । धन, कोसेली, पुरस्कार प्राप्ति तथा उत्तम भोजनको सम्भावना छ । तुला : सजग रहनु बेस होला । अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटक नहोला भन्न सकिन्न । वृश्चिक : तपाईंका लागि समय शुभ भएकाले लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ । धनु : समय शुभ भएकाले सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक निरोगिता, क्षमता वृद्धि होला । मकर : दिन त्यति शुभ देखिँदैन । राज्यबाट भय, अपयश, व्यवसायमा अवरोध आउन सक्छ । कुम्भ : रोगको भय, बाधा–व्यवधान, धन हानि हुन सक्ने भएकाले सजगता अपनाउनु बेस हुनेछ । मीन : तपाईंका लागि समय बलवान् छ । धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता होला ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार