काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्नेछ।
लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाडी क्षेत्रसहित बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि केही पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया