सचिव बढुवाका लागि तामाङ, श्रेष्ठ र बुढाको नाम सिफारिस, तामाङको सचिव हुने सम्भावना अत्याधिक, त्यसपछि लगत्तै श्रेष्ठको पालो


काठमाडौं । लोकसेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा आज बसेको सचिव बढुवा सिफारिस समितिले वरिष्ट सहसचिवहरु रुद्रसिह तामाङ, आभा श्रेष्ठ र चक्र बहादुर बुढालाई सचिवका लागि सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । हाल प्रशासन सेवा तर्फ दुई सचिव पद रिक्त रहेका छन् । ती मध्ये एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएका हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले सम्भवत सिफारिसको एक नम्बरमा रहेका वरिष्ट सहसचिव तामाङलाई सचिवमा बढुवा गर्ने सम्भावना छ । पछिल्लो दिनमा सरकारले वरियताक्रमको एक नम्बरमा रहेकालाई सिफारिस गर्ने राम्रो अभ्यासको थालनी गर्दै आइरहेको छ ।
त्यसपछि फेरि रिक्त अर्को पदमा सिफारिस गर्दा वरिष्ट सहसचिव आभा श्रेष्ठ पहिलो नम्बरमा सिफारिस हुनेछन् । यस हिसाबले श्रेष्ठ पनि छिट्टै सचिवमा बढुवा हुनेछिन् । श्रेष्ठको सचिव बढु्वा सँगै निजामती सेवामा महिला सचिवको संख्या बढ्ने छ ।

 

प्रतिक्रिया

ट्रेन्डिङ समाचार