ADVERTISEMENT

बाढीपीडितका लागि राहत जुटाउँदै काठमाडौं प्रशासन

काठमाडौं ।  रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहत सामग्री संकलन अभियान थालेको छ।

कार्यालयले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा घरायसी प्रयोजनका सामग्री सहयोग गर्न इच्छुक संघ–संस्था, कम्पनी, क्लब तथा सर्वसाधारणलाई आग्रह गरेको छ। संकलित सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित जिल्लाका बाढीपीडितसमक्ष पुर्‍याइने कार्यालयले जनाएको छ।

नगद सहयोग गर्न चाहनेले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध QR मार्फत मात्र रकम जम्मा गर्न सक्नेछन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार