काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्ला सडक सञ्जालमा पुनः जोडिएको छ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको हो।
बाढीका कारण मितेरीपुलदेखि रसुवाभित्र मात्रै १३ वटा पुल पूर्णरूपमा बगेका थिए। नुवाकोट–रसुवा सीमाका दुई पुलसमेत बगेपछि रसुवा सडक सञ्जालबाट विच्छेद भएको थियो।
२०८३ भाद्र १२, शुक्रबार १६:४५ प्रकाशित


