१ नम्बरमा रहेकी इन्दु घिमिरे सचिबमा बढुवा


काठमाडौ । सरकारले बढुवा सिफारिस समिति द्धारा १ नम्बरमा सिफारिस भएकी वरिष्ट सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेको हो । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले घिमिरे सहित श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टलाई सचिव बढुवाका लागि सरकार समक्ष सिफारिस गरेको थियो । उनीहरु तीन मध्ये सरकारले घिमिरेलाई सचिवमा बढुवा गरेको हो ।घिमिरेलाई रक्षा मन्त्रालयमा पदस्थापन गरिएको छ ।

हाल सात सचिव पद रिक्त रहेकोमा घिमिरेलाई सचिवमा बढुवा गरेपछि ६ सचिव पद रिक्त बन्न पुगेका छन् । रिक्त सचिव पदमा पनि क्रमश पदपूर्ति प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

२०८३ भाद्र १२, शुक्रबार १६:४४ प्रकाशित
ट्रेन्डिङ समाचार