काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा फसेका ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ६९५ जना भारतीय, ४ जना जर्मन, ४ जना चिनियाँ, १ जना ओमानी र २ जना कोरियन नागरिक रहेको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि करिब ४ हजार ५ सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ।
२०८३ भाद्र १२, शुक्रबार १५:४५ प्रकाशित


