काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन्।
भारतीय विदेश मन्त्रालयले नेपालमा थप राहत सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएको छ। जयशंकरले नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत जयशंकरले काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र सुरक्षाबारे नियमित जानकारी उपलब्ध गराइरहेको पनि उल्लेख गरेका छन्।
२०८३ भाद्र १२, शुक्रबार १५:४२ प्रकाशित


