शव व्यवस्थापनमा झोलाको अभाव, सरकारले भारतबाट ६ हजार थान शव व्यवस्थापन ब्याग ?


 

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा बढेको बहावका कारण आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ८९ पुगेको छ।

सैनिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले भोटेकोशीले बगाएर ल्याएका शव नदी तटीय क्षेत्रबाट सङ्कलन गरिरहेका छन्। नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी तटीय क्षेत्रमा शव भेटिएका छन्।

शव व्यवस्थापनका लागि आवश्यक ब्यागको समेत अभाव देखिएको छ। गृह मन्त्रालयका अनुसार सरकारले भारतबाट ६ हजार थान शव व्यवस्थापन ब्याग मगाएको छ। ती ब्याग आज नेपाल आइपुग्ने बताइएको छ।

नदी तटमा भेटिएका अधिकांश शवको अझै सनाखत हुन सकेको छैन। सुरक्षा अधिकारीहरूका अनुसार अहिलेसम्म ६ जनाको मात्र शव पहिचान गरी पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार