त्रिशूली बाढीमा ४८९ शव फेला, ३९३ को पहिचान हुन बाँकी


काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म ४८९ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये ३९३ जनाको अझै पहिचान हुन सकेको छैन। पहिचान भएका शव आफन्तलाई बुझाउने तथा पहिचान हुन नसकेका शवको आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र पश्चिम नवलपरासीमा शव फेला परेका छन्।

फेला परेका शवमध्ये केही शव सम्बन्धित जिल्लामै राखिएका छन् भने काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा समेत शव राखिएको प्रहरीले जनाएको छ।

बाढीबाट विस्थापित तथा बेपत्ता व्यक्तिको खोजी र उद्धार कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

पहिचान नभएका शवहरू कहाँ कति ?

२०८३ भाद्र १२, शुक्रबार १४:५४ प्रकाशित
ट्रेन्डिङ समाचार