मनसुनी प्रभाव कायमै, देशका धेरै ठाउँमा वर्षा हुने


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहने र धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज रातिसमेत विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

२०८३ भाद्र १२, शुक्रबार ०७:५८ प्रकाशित
ट्रेन्डिङ समाचार