पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित उनको निवास नजिकैबाट पक्राउ गरेको हो । ब्यूरोले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

श्रेष्ठलाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । उनलाई साइबर ब्यूरोमा राखेर अनुसन्धान अघि बढाइएको बताइएको छ ।

जनआस्था साप्ताहिकमार्फत लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठले पछिल्लो समय सरकार तथा सार्वजनिक निकायका कामकारबाहीमाथि आलोचनात्मक समाचार तथा टिप्पणी प्रकाशित गर्दै आएका थिए । उनले सरकारका गलत निर्णय र गतिविधिमाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए ।

श्रेष्ठको पक्राउसँगै पत्रकारिता क्षेत्रमा समेत चासो बढेको छ । पक्राउको कारण र उनीमाथि लगाइएको आरोपबारे प्रहरीले औपचारिक रूपमा थप विवरण सार्वजनिक गर्न बाँकी छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित उनको निवास नजिकैबाट पक्राउ गरेको हो । ब्यूरोले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

२०८३ श्रावण २७, बुधबार २१:४५ प्रकाशित
ट्रेन्डिङ समाचार