काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी कागजात जलेर लेखापरीक्षण प्रभावित भएको घटनाबारे सरकारको स्पष्ट धारणा माग गरेका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा पुनले यो घटना प्राकृतिक विपत्ति नभएकाले विद्यमान कानुनी व्यवस्थाले मात्र सम्बोधन गर्न कठिन हुने बताए। उनले कार्की आयोगले यस विषयमा सम्बोधन गरेको हो वा छुट्टै आयोग गठन गर्नुपर्ने हो भन्ने स्पष्ट हुनुपर्ने बताए।
उनले आयोगको सिफारिसका आधारमा मात्रै सरकारी कागजात जलेको घटनासम्बन्धी निर्णय गर्नुपर्ने सुझाव दिए।
२०८३ श्रावण २६, मंगलवार १२:४३ प्रकाशित

