२६ साउनमा स्वदेश फर्किँदै देउवा


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा २६ साउनको बेलुकी स्वदेश फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा उपचारका लागि सिंगापुर र त्यसपछि हङकङमा रहेका थिए।

उनले यसअघि सम्बन्धित निकायलाई साउनभित्र स्वदेश फर्किने जानकारी गराइसकेका छन्। देउवापक्षले २९ देखि ३१ साउनसम्म शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।

२०८३ श्रावण २१, बिहीबार १८:३० प्रकाशित
ट्रेन्डिङ समाचार