राष्ट्र बैंकद्वारा तीन बैंक कारबाही, प्रभु बैंकका पूर्व सीईओलाई ५ लाख जरिवाना


काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकलाई कारबाही गरेको छ। प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको भन्दै ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले कर्जा वर्गीकरण, कर्जा नोक्सानी व्यवस्था तथा कर्जा विवरण सम्बन्धी निर्देशन पटक–पटक उल्लंघन गरेको पाइएको छ। साथै बैंकको सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको छ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई खाता रोक्का तथा फुकुवा सम्बन्धी निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

२०८३ श्रावण १७, आईतवार १५:११ प्रकाशित
ट्रेन्डिङ समाचार