सांसदका स्वकीय सचिव नियुक्ति सुरु, स्नातक अनिवार्य


काठमाडौं । सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका स्वकीय सचिवको विवरण संघीय संसद् सचिवालयमा आउने क्रम जारी रहेको छ।

सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार सांसदका स्वकीय सचिवका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण अनिवार्य गरेको छ। स्वकीय सचिवको पद राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) सरह भएकाले सोही स्तरको योग्यता आवश्यक पर्ने व्यवस्था गरिएको हो।

सांसदहरूले नियुक्ति गरेपछि आवश्यक विवरणसहितको फाराम संसद् सचिवालयमा बुझाउनुपर्नेछ। फाराममा स्वकीय सचिवको व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नागरिकता, बैंक खाता, नियुक्ति मिति लगायतका जानकारी समावेश गर्नुपर्ने व्यवस्था छ।

२०८३ श्रावण १७, आईतवार १५:०४ प्रकाशित
ट्रेन्डिङ समाचार