काठमाडौं । एमाले र नेकपाबीच बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् सोमबारसम्म पुनर्गठन गर्ने तयारी गरिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ। दुवै दलबीच मन्त्रालय बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी र साझा कार्ययोजनाबारे छलफल भइरहेको छ।
बहुमतका लागि आवश्यक समर्थन जुट्ने विश्वास व्यक्त गर्दै सरकारले छिट्टै पूर्णता पाउने बताइएको छ।
२०८३ श्रावण १७, आईतवार १४:५७ प्रकाशित

