बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित, पाँच सडक पूर्ण अवरुद्ध


काठमाडौं ।   बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। बिहान साढे ६ बजेसम्मको विवरणअनुसार मेची राजमार्ग (झापा–ताप्लेजुङ), बिपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेसी), कान्तिलोकपथ (हेटौंडा–ठिंगन–बागमती–ललितपुर), अरनिको राजमार्गको तातोपानी जाने सडक तथा कोदारी क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छन्।

यस्तै, मध्यपहाडी राजमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको साखा क्षेत्रमा सडक एकतर्फी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

२०८३ श्रावण १०, आईतवार ०८:२७ प्रकाशित
ट्रेन्डिङ समाचार