पर्सामा १४० किलो गाँजा बरामद


काठमाडौं । पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैंचाबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ। शनिबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरीको बीओपी मिर्जापुरको संयुक्त टोलीले घाँसमा लुकाएर राखिएको १३ पोका गाँजा फेला पारेको हो।

घटनास्थलबाट कोही पक्राउ नपरेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ श्रावण १०, आईतवार ११:२८ प्रकाशित
ट्रेन्डिङ समाचार