केही क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह


काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्छ।

भारी वर्षासँगै बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने भएकाले प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनाको पालना गर्न महाशाखाले आग्रह गरेको छ।

२०८३ श्रावण १०, आईतवार ०८:२० प्रकाशित
ट्रेन्डिङ समाचार