भानुभक्तको सालिक तोडफोड आरोपमा एक पक्राउ


काठमाडौं ।  लमजुङ प्रहरीले मध्यनेपाल नगरपालिका–४ दुर्दीपुलस्थित भानु घाँसी संवाद पार्कमा रहेको आदिकवि भानुभक्त आचार्य र खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोपमा २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ७ गते राति भएको घटनाको अनुसन्धानपछि तनहुँको व्यास नगरपालिका–७ का स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका कुँवरलाई नियन्त्रणमा लिइएको हो। उनलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ श्रावण १०, आईतवार ०८:२३ प्रकाशित
ट्रेन्डिङ समाचार