काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन, शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको आकर्षण बढाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सरोकारवालासँग छलफल गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले इन्जिनियरिङ अध्ययनपछि नेपालमै रोजगारी र अवसर सिर्जना हुने गरी ठोस कार्ययोजना बनाउन आग्रह गर्दै परीक्षा प्रणाली सुधार र आवश्यक नीतिगत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।
छलफलमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) तथा इन्जिनियरिङ कलेजका प्रतिनिधिहरूले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी कार्यक्रम सञ्चालन र विद्यार्थी भर्ना बढाउने विषयमा सुझाव दिएका थिए।
२०८३ श्रावण ८, शुक्रबार २०:३७ प्रकाशित

