बजेट सुधारका कानुनी काम छिटो अघि बढाउन आग्रह


काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र फुकाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गर्नुभएको छ।

मन्त्रालयमा आयोजित छलफलमा उहाँले लगानीमैत्री वातावरण, व्यापार सहजीकरण तथा विदेशी लगानी आकर्षित गर्न आवश्यक कानुनी सुधारलाई कार्यतालिका बनाएर केही साताभित्रै अघि बढाउन जोड दिनुभयो। उद्योगमन्त्री गौरीकुमारीले बजेटका सुधार कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको र अर्थ मन्त्रालयसँग समन्वय गरेर काम अघि बढाइने बताउनुभयो।

बजेटमा कम्पनी ऐन संशोधनसहित आठ वटा नीतिगत तथा कानुनी सुधारका कार्यक्रम समावेश छन्।

२०८३ श्रावण ८, शुक्रबार २०:२२ प्रकाशित
ट्रेन्डिङ समाचार