काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँको आयात र ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको छ। आयात निर्यातभन्दा धेरै बढेपछि व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कृषिजन्य वस्तु, इन्धन, कच्चा सोयाबिन तेल, पेट्रोल, एलपी ग्यास तथा औद्योगिक कच्चा पदार्थको आयात उच्च रह्यो। निर्याततर्फ भने प्रशोधित सोयाबिन तेल, ठूलो अलैंची, गलैंचा, जुटजन्य सामग्री र सूर्यमुखी तेल प्रमुख रहेका छन्। तथ्यांकले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको र उच्च मूल्य अभिवृद्धियुक्त उत्पादनको निर्यात विस्तार गर्नुपर्ने आवश्यकता देखाएको छ।
२०८३ श्रावण ८, शुक्रबार २०:१८ प्रकाशित

