देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना


काठमाडौं ।हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जनाएको छ। अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने मधेस र कोशी तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्न सक्ने जनाइएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८३ जेष्ठ ३, आईतवार ०६:३६ प्रकाशित
ट्रेन्डिङ समाचार