रवि लामिछानेको निवेदनमाथि बहस सकियो


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदनमाथि सुनुवाई भएको छ।

रुपन्देही कारागारमा पुर्पक्षको लागि थुनामै रहेको बेलामा लामिछानेले जिल्ला अदालत रुपन्देहीमा आफूलाई रिहा गर्न माग गरेर गत साउन १८ गते निवेदन दिएका थिए।

सो निवेदनउपर आज सुनुवाई भएको हो। न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाई भएकोमा बहस सकिएको छ । आजै आदेश आउनसक्ने अदालत प्रशासनले जनाएको छ।

लामिछानेले निवेदनसँगै बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाइसकेको अवस्थामा मुद्दाको सुनुवाइ अघि बढेको थियो । अब न्यायाधीश सापकोटाको इजलासले जमानत लिएर पुर्पक्षका लागि छाड्ने या कारागारमै राख्ने आदेश दिनेछ।

२०८२ श्रावण २६, सोमबार १७:२१ प्रकाशित
ट्रेन्डिङ समाचार