काठमाडौं। घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न निर्देशन दिएपछि मन्त्री गुप्ताले राजीनामा दिएका हुन्।राजीनामाबारे आफ्नो फेशबकुमार्फत जानकारी गराएका गुप्ताले आफूले कहिल्यै नखाएको विष लागेको बताएका छन् ।
उनले आफूमाथि लागेको अनुसन्धान गरी सत्य, तथ्य बाहिर ल्याउन सहयोग गर्नको लागि प्रधानमन्त्रीसमक्ष राजीनामा बाुझाएको स्पष्ट पारेका छन्।
उनले फेसबुकमा लेखेका छन-
बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु। अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।


