काठमाडौँ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको सूचना आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

गएराति रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। बाढीमा परेर सात जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेको जनाएको हो। वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ।
बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ।
२०८२ असार २४, मंगलवार १८:५८ प्रकाशित


