
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनीरूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छिन्।
बिहीवार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनीरूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन्।
उनले विदेश जानेहरूलाई कानुनी रूपमै जानका लागि आग्रह समेत गरिन्। उनले श्रम सञ्चार एपमा सरकारी टु सरकारी सम्झौता गरेर पठाएका कामहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन्।
महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल शुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्।
२०८२ असार १३, शुक्रबार ०६:०७ प्रकाशित