
काठमाडौँ। पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कार्यालयमै मादक पदार्थ सेवनगरेर कर्मचारीमाथि कुटपिट गरेका छन्।
प्राप्त जानकारी अनुसार वडाध्यक्ष पराजुलीले मंगलबार महानगरपालिकाको प्रशासन शाखामा कार्यरत सातौँ तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए।
प्रशासन स्रोतका अनुसार घटनाका बेला वडाध्यक्ष मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। कार्यालय समयमै घटेको यो घटनापछि महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन्।
यस घटनाबारे आधिकारिक छानबिन अघि बढाउने तयारी भइरहेको बताइएको छ।
२०८२ बैशाख २४, बुधबार ११:३५ प्रकाशित