
काठमाडौँ। पछिल्लो समय मुलुकभरि विभिन्न आन्दोलन चर्किंदै गइरहेका बेला नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस तथा स्वीकृति रोकिने निर्णय गरेको छ।
प्रहरी प्रशासन शाखाबाट सम्बन्धित निकायहरूलाई जारी सर्कुलरमा अति आवश्यक अवस्था बाहेक राजीनामा प्रक्रिया अघि नबढाउन भनिएको छ।
यस निर्देशनले सबै विभाग, ब्युरो, अस्पताल, उपत्यका तथा प्रदेश कार्यालयहरूलाई समेटेको छ। प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यद्वारा हस्ताक्षरित पत्रमा पछिल्लो अवस्था विचार गरेर अर्को आदेश नआउँदासम्म राजीनामा नलिन स्पष्ट गरिएको छ।
राजावादी आन्दोलन, शिक्षकहरूको हड्ताल र सहकारी पीडितहरूको प्रदर्शनजस्ता विषयले देशभरि सुरक्षा अवस्था चनाखो बनाइरहेकाले यस्तो निर्णय आएको बताइएको छ।
२०८१ चैत्र ३०, शनिबार १२:०० प्रकाशित