
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएको भन्दै नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गर्न आग्रह गरेका हुन् ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भन्दै उनले यथाशीघ्र छिटो नाम दर्ता गराउन भनेका हुन् । प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ ।
२०८२ असार १२, बिहीबार १४:१९ प्रकाशित