भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौं। सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा गृह, श्रमलगायत मन्त्रालयका सहसचिवहरू सदस्य रहने भएका छन्। समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ।

भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो।

२०८२ असार १०, मंगलवार ०५:३२ प्रकाशित
ट्रेन्डिङ समाचार