नेपालमा कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेनसिङ परीक्षणबाट ५ जनामा उक्त भेरियन्ट भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चन्द्र बल झाले जानकारी दिए ।

उनका अनुसार गत जेठ २२ गतेदेखि २९ गतेसम्म कोभिडको संक्रमण देखिएका १४ जनाको जिन सिक्वेन्सिङ परीक्षण गरिएको थियो ।

अहिले भेटिएको भेरियन्ट संक्रामक भएपनि धेरै घातक भने नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै पुष्टि गरिसकेको छ ।

नयाँ भेरियन्ट भेटिएपछि पहिले जस्तै आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्कहरूले बताएका छन् ।

इडीसीडीको तथ्यांक अनुसार नेपालमा २०८१ पुसदेखि हालसम्म १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

२०८२ असार ९, सोमबार १७:५० प्रकाशित
ट्रेन्डिङ समाचार