भारत सरकारको सहयोगमा इरानबाट ११ नेपाली फर्किँदै


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकारको सहयोगमा इरानबाट ११ नेपाली स्वदेश फर्किन लागेको जानकारी गराएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले इरानमा १६ नेपाली रहेकोमा ११ जना भारत सरकारको सहयोगमा फर्किन लागेको जानकारी गराइन् । उनले पाँचजना जेलमा रहेको र उनीहरूको पनि उद्धारका लागि पहल भइरहेको बताइन् ।

‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा पुग्नु भएको छ,’उनले भनिन्,’उहाँहरू भोलिसम्म भारत पुग्नुहुन्छ ।’ राणाले भारत सरकारले आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरिदिन आग्रह गरेपछि उनीहरू फर्किन लागेका हुन् ।

राणाका अनुसार ११ जनामध्ये एकजनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको छ । मन्त्री राणाले नेपाल सरकारले इजरायल र इरानबीचको उत्पन्न तनाव र त्यसको सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिएको बताइन् ।

२०८२ असार ९, सोमबार १७:२२ प्रकाशित
ट्रेन्डिङ समाचार