
काठमाडौं। नेकपा एमालेले आउँदो आर्थिक वर्ष २०८२/८३ को विनियाेजन विधेयकको पक्षमा मतदान गर्न ‘ह्वीप’ लगाएको छ ।
प्रतिनिधिसभाकाे बैठकमा भोलि बजेट पारित गर्ने कार्यसूची छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले सबै सांसहरूलाई बैठकमा अनिवार्य उपस्थित भई बजेटकाे प्रस्तावकाे पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गर्नुभएको हो ।
२०८२ असार ९, सोमबार १७:१५ प्रकाशित