
चितवन। सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायनगढ बुटवल सडक पूर्ण रुपमा बन्द भएको छ।
पूर्वी नवलपरासी, बिनयी त्रिवेणी गाउँ पालिका -३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रुपमा अबरुद्ध भएको हो। उक्त स्थानमा सशस्त्र प्रहरी, नेपाल सुरक्षा बेश सर्दिबाट सुरक्षाफौज परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ।
यसै गरी आज बिहानको बर्षाले गोरखा जिल्ला गोरखा नगरपालिका- ८ ढुङगागाडेस्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक भासिएर यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ।
२०८२ असार ९, सोमबार १०:३४ प्रकाशित