इजरायली हमलामा परी तेहरानस्थित अपार्टमेन्टमा २० बालबालिकासहित ६० जना मारिए


काठमाडौ
इरानको राजधानी तेहरानमा इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा परेर ६० जना मारिएको अन्त्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार मारिनेहरुमा २० बालबालिका भएको इरानी मिडियाहरुले उल्लेख गरेका छन् । आक्रमणबाट १४ तलाको अपार्टमेन्ट ध्वस्त भएको बताइएको छ ।
इरानले पनि इजरायली भूमिमा जवाफी आक्रमण गरेको छ । आक्रमणमा मारिएका र घाइते भएकाहरुको पूर्ण तथ्यांक आउन सकेको छैन् ।
इरानले आणविक बम बनाउन लागेको भन्दै इजरायलले इरानी आणविक वैज्ञानिक र सैन्य नेतृत्वहरुको हत्या गरेको थियो भने इरानी आणविक क्षेत्रहरुमा बमबारी गरेको थियो ।

इजरायली हमलाले अमेरिकासँग जारी इरानको आणविक वार्ता पनि विफल भएको छ ।

२०८२ जेष्ठ ३१, शनिबार १९:४८ प्रकाशित
ट्रेन्डिङ समाचार