कस्तो छ,आजको तपाईंको दिन ?


आज मिति २०८२ जेष्ठ १७ गते शनिबार । सन् २०२५ मे ३१ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व तृतिया नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पञ्‍चमी तिथि । आज बिहान ५ बजेर ८ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दिन केही चुनौतीयुक्त रहला । नियमित कार्यमा अल्छीपनले सताउन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । प्रेमभाव बढ्ने छ ।

बृष

बुद्धिको सही उपयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । परिवारजनका आकांक्षा पूरा गर्न सकिने छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ने छ ।

मिथुन

पुराना साथीसँगको भेटघाटले मन रमाउने समय छ । चिताएको काममा सफलता पाइएला । धनलाभको योग छ । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्छ । मित्रजनको साथ–समर्थन पाइएला । परिवारबाट सुखको अनुभुति मिल्नेछ । नियमित कार्यमा व्यस्तता बढ्ने छ ।

कर्कट

स्वास्थ्यगत सामान्य कमजोरीका बाबजुद कार्यसक्रियता वृद्धि हुने समय छ । समाजिक सम्मान मिल्ने देखिन्छ । अनौठो तरिकाबाट रुपैयापैसा कमाइएला । आज रमाइलो यात्राको योग पनि रहेको छ, । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

सिंह

आजको दिन आर्थिक अभाव देखापर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने योग रहेकोले सजगता अपनाउनु उचित होला । बेकामको क्षेत्रमा ब्यय हुनसक्छ, सावधानीपूर्वक लगानी गर्नुहोला । स्वास्थ्य केही कमजोर रहनसक्छ ।

कन्या

मिश्रित फलदायी समय छ । बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । तथापि, बन्देैन भनेको काम पनि तपाईको अथक प्रयासमा बन्ने देखिन्छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ ।

तुला

नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटा खुल्न सक्छ । ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्ने देखिन्छ । सकारात्मक र व्यवहारिक सोचको विकास होला ।

वृश्चिक

परिवारमा आर्थिक समस्याले सताए पनि कुनै नयाँ कार्यको थालनी गर्न सकिने समय छ । काममा जाँगर चल्नाले धनको लाभ पनि हुने देखिन्छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ ।

धनु

अनावश्यक रुपमा मनमा डरको भाव जागृत हुनसक्छ । कसैसंग हल्का मनमुटाव वा विवाद पनि होला । विचार–तरङ्ग बढ्ने र समयमा निर्णय नहुदा काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । चोटपटकको योग रहेकोले सजगता अपनाउनु होला ।

मकर

नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अरूलाई प्रभावित पारेर काम बनाउने सकिनेछ । आज कसैबाट आदर पाइएला । धन मान पाउने योग छ । प्रेमभाव बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कुम्भ

सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । आर्थिक कारोबार राम्रै होला । दाम्पत्यजीवन सुखद रहनेछ । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउने छ । कृषिकार्यबाट फाइदा लिन सकिने छ ।

मीन

नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने समय छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै होला । तर, परिवारमा भने सामान्य विवाद हुने देखिन्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । अतिथिका रूपमा सम्मान पाइएला ।

२०८२ जेष्ठ १७, शनिबार ०८:०२ प्रकाशित
ट्रेन्डिङ समाचार